शौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर
काठमाडौं । शौर्य सिमेन्टले देशव्यापी रूपमा ’शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरूले हरेक ५० बोराको खरिदमा एक प्रति कुपन प्राप्त गरी हात खाली नजाने कुपन स्क्र्याच गरी नगद पाँच सयदेखि १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अंक उल्लिखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी एक लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । कुपन प्राप्त गरेको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर कात्तिक १५ गतेदेखि सुरु भई पुस ३० गतेसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिज सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीले ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पीएससी र ५३ ग्रेडको पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरूपता कायम गरी उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया