Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपर्यटनबाट १० महिनामा श्रीलंकाले कमायो एक अर्ब डलर

पर्यटनबाट १० महिनामा श्रीलंकाले कमायो एक अर्ब डलर


कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलंकाको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।

तथ्यांकअनुसार अक्टोबरमा श्रीलंकाले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ । केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलंकाको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो ।
गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका भित्रिएको पर्यटन प्राधिकरणको तथ्यांकले देखाएको छ ।

कोभिड–१९ को महामारी र राजनीतिक संकटसँगै श्रीलंकामा आएको आर्थिक संकटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत वर्ष भएको जनआन्दोलनको कारण तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजीनामा दिनुपरेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x