गुजरातको पुल दुर्घटनामा खोज र उद्धार स्थगित
भारत । भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुंगे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यभएको थियो भने कैयौँ हराएका थिए । उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन् ।
नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन् । स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ । पुल भाँचिदा एक सय जना घाइते भएका थिए । बेलायतको शासनकालमा शताब्दीअघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो ।
पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ एकत्र भएपछि उक्त दुर्घटना भएको हो । पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरणहरू सार्वजनिक भएका छन् । स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्र र राज्य सरकारका उच्च अधिकारी मोर्बी पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए । विश्वभरका नेताहरूले उक्त घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारतसरकारसमक्ष शोक व्यक्त गरेका थिए । गत मंगलबार दुर्घटनामा मारिएकाको सम्झनामा भारत राजकीय शोकमा थियो ।
पुल मर्मतसम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया