रुसलाई ड्रोन पठाएको इरानले स्वीका-यो
तेहरान । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित संख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध सुरू हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो भने हामी त्यसप्रति अनौठो मान्ने छैनौँ ।’
शनिबारदेखि इरानको राजधानी तेहरानमा सुरु भएको बैठकमा इरानी वरिष्ठ कुटनीतिज्ञले भने, ‘हामी युक्रेनी विदेशमन्त्रीसँग सहमत भएका छौँ कि यदि उनीहरूसँग रुसले युक्रेनमा इरानी ड्रोन प्रयोग गरेको कुनै कागजात छ भने उनीहरूले हामीलाई उपलब्ध गराउनुपर्छ ।’
युक्रेन र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी राष्ट्रहरूले हालैका हप्ताहरूमा तेहरानले युक्रेनमा जारी द्वन्द्वमा प्रयोग गर्न मस्कोमा आत्मघाती ड्रोन निर्यात गरेको आरोप लगाएपछि इरानी विदेशमन्त्रीको टिप्पणी आएको हो ।
शनिबार अब्दुलाहियानले रूसलाई इरानी क्षेप्यास्त्र आपूर्तिबारे पश्चिमा ‘मिडिया हाइप’लाई अस्वीकार गर्दै भने, ‘क्षेप्यास्त्रबारे उनीहरूले जे भनेका छन्, त्यो सरासर गलत छ ।’
उनले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहो¥याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको बडापत्रको संरक्षण, संवर्द्धन र प्रतिरक्षा गर्ने उद्देश्यका साथ भन्दै मार्च २०२१ मा १९ सहयोगी राष्ट्रहरूहरूको समूह गठन भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया