Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ बजार सबैमाझ खुल्ला हुने

चिनियाँ बजार सबैमाझ खुल्ला हुने


बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पु-याउन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका छन् । पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रतपति सीले उक्त टिप्पणी गरेका हुन् ।

‘हामी बलियो घरेलु बजारको विकास गर्ने, वस्तुको व्यापारलाई स्तरोन्नति गर्ने, सेवाको व्यापारका लागि नयाँ संयन्त्रको विकास गर्ने र गुणस्तरीय वस्तुहरू आयात गर्ने प्रयासलाई थप तीव्र पार्नेछौँ’, सीले भने ।

सिल्क रोड ई–कमर्स सहकार्यका लागि पाइलट जोनहरू स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्रहरू निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रवद्र्धन गर्न प्रयास गरिने पनि उनले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x