Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व छली आरोपमा मुद्दा

राजस्व छली आरोपमा मुद्दा


काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले गुप्ताविरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजस्व चुहावट गरेको आरोप लगाएको छ ।

विभागले तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दाबी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x