Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआप्रवासनसम्बन्धी नीतिलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा जोड

आप्रवासनसम्बन्धी नीतिलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा जोड


काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आप्रवासनसम्बन्धी नीति तथा नियमलाई लैङ्गिक–उत्तरदायी बनाउनुपर्नेमा जोड दिएको छ । सञ्जालले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष हरिबहादुर थापाले महिलामैत्री आप्रवासन श्रमसम्बन्धी प्रस्ट नीति नहुँदा गैरकानुनी रूपमा रोजगागरीमा जाने नेपाली महिलाहरूले विभिन्न समस्या झेल्नुपरेको बताउँदै प्रस्ट नीति बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुपकी कोषाध्यक्ष रशना ढकालले घरेलु कामदारका रूपमा विदेश जाने महिलालाई बन्देज गर्नेभन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । सन् २००८/०९ देखि २०१८/१९ सम्म ४० लाख ९९ हजार नौ सय २६ श्रम स्वीकृति जारी गरिएको सञ्जालले जनाएको छ । त्यसमा महिलाको संख्या दुई लाख ११ हजार आठ सय ९१ रहेको छ । वैदेशिक रोजगारीका लागि एक सय १० श्रम गन्तव्य खुला गर्नुका साथै १० वटा गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गरिएको छ । केही आप्रवासन सम्झौतामा महिला आप्रवासी श्रमिकहरूको सुरक्षा र कल्याणका लागि प्रावधान समावेश छन् ।

नेपाल र मौरिससको सम्झौताले ‘महिला श्रमिकको विशेष जोखिम र कुनै पनि हिंसा, धम्की र शारीरिक, मानसिक र यौन दुर्व्यवहारविरुद्धको सुरक्षा’ लाई सम्बोधन गर्दछ । जोर्डनसँगको सम्झौताले ‘जोर्डनभित्र काम गर्ने नेपाली श्रमिकरूलाई राष्ट्रियता, जाति, धर्म वा लिङ्गको भेदभाव नगरी जोर्डनको श्रम कानुनअन्तर्गत व्यवहारमा समानता लागू हुनेछ’, भन्ने उल्लेख गरिएको छ । यद्यपि पर्याप्त नभएको सञ्जालको भनाइ छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x