Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारवायु प्रदूषणको चपेटामा नयाँदिल्लीका ८० प्रतिशत परिवार

वायु प्रदूषणको चपेटामा नयाँदिल्लीका ८० प्रतिशत परिवार


भारत । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ । वायुको गुणस्तर सूचकांकले गम्भीर तह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ ।

सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार खोजेका छन् ।

नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x