Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशी लगानी भित्र्याउन श्रीलंकाले सेवा क्षेत्रको उदारीकरण गर्ने

विदेशी लगानी भित्र्याउन श्रीलंकाले सेवा क्षेत्रको उदारीकरण गर्ने


कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । राष्ट्रपति सिंगेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने बताए ।

विक्रमासिंगेले राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । राष्ट्रपतिले उनीहरूसँग स्वतन्त्र व्यापार वार्ता, अन्तर्राष्ट्रिय व्यापारको भविष्यको दृष्टिकोण र नीतिगत प्राथमिकताहरूको संयोजनको महत्तवको बारेमा छलफल गरेका थिए ।

अन्तर्राष्ट्रिय व्यापार गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सहयोग पु¥याउन सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने उनले बताए । क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलामा पहुँच र निर्यातमुखी प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धिका लागि विश्व अर्थतन्त्रसँग पुनः सम्लग्नता आन्तरिक अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको एक तत्व भएको उनको भनाइ थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x