भारतद्वारा २६ औषधि निर्यातमा कडाइ
एजेन्सी नयाँ दिल्ली, फागुन २१
चीनबाट फैलिएको कोरोना भाइरसको कारण भारतीय उद्योगहरुमा समेत देखिन थालेपछि सरकारले २६ प्रकारका औषधिहरु प्यारासिटामोल, भिटाभिन बी१ र बी१२ सहित अन्य औषधि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतीय मिडियाहरुका अनुसार ती औषधि निर्यातका लागि वाणिज्य मन्त्रालयको मातहत रहेको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)बाट अनुमतिपत्र लिनुपर्नेछ । हालसम्म यी औषधि निर्यातमा कुनै प्रतिबन्ध या कडाइ गरिएको थिएन । डीजीएफटीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कायम रहने बताएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गर्दा भारतले औषधि निर्यातमा कडाइ गरेको हो । भारतले औषधिको कच्चा पदार्थ चीनबाट धेरै आयात गर्छ । तर सीमित मात्रामा तिनको निर्यात समेत गर्छ । पछिल्लो वर्ष भारतले २२ करोड डलरको कच्चा पदार्थ निर्यात गरेको थियो । तर सोही पदार्थ साढे ३ अर्ब डलरको वार्षिक आयात गर्ने गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया