Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक र कलेजहरूबीच साझेदारीपत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र कलेजहरूबीच साझेदारीपत्रमा हस्ताक्षर


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख श्री विशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात बैंकले कलेजका विद्यार्थीहरूका लागि छात्रवृतिको अवसर, रोजगार मेला, वित्तीय साक्षरतालगायत अन्य कार्यक्रमहरू प्रदान गर्नेछ । यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थीहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x