Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य बैंकहरूमा झण्डै तीन प्रतिशतसम्म कर्जा निष्क्रिय

वाणिज्य बैंकहरूमा झण्डै तीन प्रतिशतसम्म कर्जा निष्क्रिय


काठमाडौं । वाणिज्य बैंकहरुमा झण्डै तीन प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमा शून्य दशमलव ३३ देखि दुई दशमलव ९४ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा भने यी वाणिज्य बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १३ देखि तीन दशमलव एक प्रतिशतसम्म रहेको थियो ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा सनराइज बैंकमा छ भने सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकमा छ । चालू आवको पहिलो त्रैमासिकमा सनराइजमा दुई दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय हुँदा एभरेष्टमा शून्य दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा भने यी दुई बैैंंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव १३ र शून्य दशमलव १३ प्रतिशत थियो ।

सटिजन्स, राष्ट्रिय वाणिज्य बैैंक, एनसीसी र बैंक अफ काठमाण्डूमा चालू आवको पहिलो त्रैमासिकमा क्रमशः दुई दशमलव ८९, दुई दशमलव ४८, दुई दशमलव ४६ र दुई दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ९७, तीन दशमलव एक, एक दशमलव ४८ र शून्य दशमलव ९२ प्रतिशत थियो ।

यीबाहेकका नेपाल बैंक, नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बैंंक, सिद्धार्थ बैैंंक र ग्लोबल आईएमई बैंकहरुमा पनि निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव ३६, दुई दशमलव ३३, दुई दशमलव ३८, दुई दशमलव ३१, दुई दशमलव १५ र दुई दशमलव १० प्रतिशत छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई, एक दशमलव १३, दुई दशमलव शून्य आठ, शून्य दशमलव ५८, शून्य दशमलव ५४ र एक दशमलव ६२ प्रतिशत थियो ।

चालू आवको पहिलो त्रैमासिकमा एनएमबी बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्राइम कमर्सियल बैंंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र माछापुच्छ्रे बैंकसहितका १० वटा बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात दुई प्रतिशतभन्दा तल छ । यसैगरी एनसीसी बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकमा भने निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतभन्दा पनि तल छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x