Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफ्रिका र दक्षिण एसियाका किसानलाई बिल गेट्सको १.४ अर्ब डलर सहयोग

अफ्रिका र दक्षिण एसियाका किसानलाई बिल गेट्सको १.४ अर्ब डलर सहयोग


अमेरिका । विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानहरूले जलवायु परिवर्तनबाट बढ्दो प्रभावित विश्वसँग अनुकूलन गर्न मद्दत गर्न सोमबार १.४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाएका छन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको समना गर्न सहयोग गर्नेछ । इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा कोप २७ जलवायु शिखर सम्मेलनमा गरिएको एक घोषणामार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो ।

अफ्रिकामा ठूलो खडेरीका कारण लाखौं मानिस भोकमरीको चपेटामा परेका छन् । पाकिस्तानमा आएको भीषण बाढीले खेतीयोग्य जमिन डुबाएको छ र पूर्वाधार नष्ट भएको छ, जसका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको विश्व बैंकले जनाएको छ । जारी जलवायु शिखर सम्मेलनमा विकासशील राष्ट्रहरूले ‘हानि र क्षति’को लागि पहिले नै महसुस गरिएको प्रभावहरूको मुद्दा शिखर सम्मेलनको एजेन्डामा राख्न आइतबार सहमत भएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x