वेयरहाउजिङ कम्पनीको चौथो वार्षिक साधारणसभा
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामार्फत कम्पनीले संस्थापकहरुबाट कुल पुँजीको ८० प्रतिशतबराबर ५५ करोड रुपैयाँ पुँजी पु¥याएको छ । यस्तै यही आर्थिक वर्षमा कुल पुँजीको २० प्रतिशत बराबरको १३ करोड ७५ लाख रुपैयाँ सर्वसाधारणहरुका लागि जारी गर्ने जनाएको छ ।
कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमासलगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुविधा, कृषि उपजहरुको वैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिनेछ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलवस्तु जिल्लाको चन्द्रौटा शाखामा १५ हजार मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको जानकारी दिएको छ । तीनवटै परियोजनाको अनुमानित लागत एक अर्ब ५० करोड रुपैयाँ छ, जसमा बाँकी लगानी पाँचवटा बैंकहरुबाट सहवित्तीयकरणबाट जुटाइएको कम्पनीले जनाएको छ । औरबानी शाखाको सञ्चालन यही महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ । साथै छ महिनाभित्र अन्य दुई परियोजनामार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बढाबढको सुरुवात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ ।
कम्पनीको भारतको सबैभन्दा ठूलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बढाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमबी बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टीएनआई, टिम भेन्चर्स, आध्यानता, अल्फा क्यापिटललगायतको लगानी छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया