Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री

पुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक २१ गते अर्थात् सोमबार पुन १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन पुरानो नवीकरणअन्तर्गतको ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही कात्तिक १४ गते पनि राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति कात्तिक २२ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरू क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ मंसिर २० गते, ९१ दिनेको २०७९ माघ २४ गते र एक सय ८२ दिने अवधिको २०८० वैशाख २६ गते परिपक्व हुने अवधि तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार आज बिक्री हुने यी ट्रेजरीमा सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् । यसअघि अर्थात् गतसाता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x