कर्णाली डेभलपमेन्ट बैंकले तीन महिनामा कमायो एक करोड ६४ लाख
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ६४ लाख ५६ हजार सात सय २५ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाईनान्सको यस्तो नाफा तीन करोड ७९ लाख २९ हजार तीन सय ६० रुपैंयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुंजी ५० करोड २८ लाख ३० हजार रुपैंयाँ रहेको फाईनान्सले चालु आवको पहिलो त्रैमासमा चार अर्ब ३८ करोड ३१ लाख ७२ हजार ७३ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड ८१ लाख ५३ हजार आठ सय ५९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड तीन लाख ५८ हजार सात सय ५६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई करोड ४२ लाख १३ हजार दुई सय ८३ रुपैंयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ४८ करोड १४ लाख ६४ हजार छ सय ३१ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड १५ लाख तीन हजार ५३ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौं करोड तीन लाख ४६ हजार छ सय ६६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन करोड ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार अर्याललाई
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
- तालिवानको सत्तामा पीडित महिला
- न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा
- आर्थिक संकट र सुधारको खोजी
- डेङ्गी महामारीको बारेमा केही इतिहास केही रहस्य
- सुशासन कागजमा लेखेर कायम हुने होइन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया