ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले लोकप्रिय अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकको कार्डवाहक ग्राहकहरूले दराज एयापबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहनेछ ।
बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९२ वटा शाखा, दुई सय ७० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
- तालिवानको सत्तामा पीडित महिला
- न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा
- आर्थिक संकट र सुधारको खोजी
- डेङ्गी महामारीको बारेमा केही इतिहास केही रहस्य
- सुशासन कागजमा लेखेर कायम हुने होइन
- पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया