कुमारी बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडले २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आव २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण र आव २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । यसैगरी बैंकले सोही सभामार्फत सेयरधनीहरूलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १२ दशमलव ५० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको हाल सबै क्षेत्रमा गरी दुई सय ३३ सेवा केन्द्रहरू (एक सय ९९ वटा शाखा र ३४ एक्सटेन्सन काउन्टर) तथा एक सय ९५ वटा एटीएमहरूमार्फत ग्राहकहरूलाई विविध प्रकारका नवीनतम एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । बैंकले प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगबाट वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको, भिसा इलोक्ट्रोन डलर डेबिट कार्डहरू नेपाल, भारत र संसारभरि नै भिसाको सञ्जालमार्फत पहुँचयोग्य भएको, साथै नवीनतम प्रविधिको उपयोग गर्दै कुमारी फोन–पे कर्जा सेवा प्रदान गर्दै आएको छ ।
बैंकको आव २०७८/७९ मा चुक्ता पुँजी १४ अर्व ७१ करोडभन्दा बढी रहेको छ भने आव २०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप एक खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष एक खर्ब ६१ अर्ब तथा नाफा एक अर्ब १४ लाख रहेको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण सेयरधनी, सञ्चार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सद्भाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरूलाई अझ छिटो, छरितो र सरल बैंकिङ सेवा दिने क्रम जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार अर्याललाई
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
- तालिवानको सत्तामा पीडित महिला
- न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा
- आर्थिक संकट र सुधारको खोजी
- डेङ्गी महामारीको बारेमा केही इतिहास केही रहस्य
- सुशासन कागजमा लेखेर कायम हुने होइन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया