काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव ४३ अंकले ओरालो लागेर दुई अर्ब ३० करोड रुपैंयाँको सेयर खरिद बिक्री भएकोमा साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन दुई दशमलव ५७ अंकले ओरालो लागेर १९ सय ५६ दशमलव ३६ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव दुई अंकले ओरालो लागेर तीन सय ८४ दशमलव २१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १८ हजार चार सय ७२ पटकको कारोबारमा २७ लाख ७३ हजार सात सय ३७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार चार सय ६७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
- तालिवानको सत्तामा पीडित महिला
- न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा
- आर्थिक संकट र सुधारको खोजी
- डेङ्गी महामारीको बारेमा केही इतिहास केही रहस्य
- सुशासन कागजमा लेखेर कायम हुने होइन
- पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया