Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको च्याटबट सेवा ‘सिटिजन्स साथी’

सिटिजन्स बैंकको च्याटबट सेवा ‘सिटिजन्स साथी’


काठमाडौं । सिटिजन्स बैंकले च्याटबट सेवा सिटिजन्स साथीको सुरुवात गरेको छ । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरू डिजिटलाइज गर्र्नेे क्रममा आफ्ना ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा सिटिजन्स साथिको शुभारम्भ गरेको जानकारी बैंकले दिएको छ ।

बैंकका अनुसार यो नवीनतम सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथीद्वारा गर्न सक्नेछन् । साथै ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । यस सेवा गा्रहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई–केवाईसी, तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x