विश्वका हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्ला विमानस्थल
सोलुखुम्बु । विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरिएको छ । उड्डयनसम्बन्धी काम गर्ने बेलायती संस्था आर्टेमिस एयरस्पेसले विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरेको हो ।
स्कटल्यान्डको बारा विमानस्थल पहिलो स्थानमा छ भने ग्रीसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रो स्थानमा छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्काेपोला र आयरल्यान्डको डोनेगल विमानस्थल क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । विमानस्थलको अवस्थिति र प्राकृतिक सुन्दरताका आधारमा उक्त छवटा विमानस्थललाई ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा समावेश गरेको हो । ‘सगरमाथाको प्रवेशद्वार यो (तेन्जिङ–हिलारी) विमानस्थल सुन्दर हिमालको बीचमा छ । यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्’, आर्टेमिस एयरस्पेसले उल्लेख गरेको छ ।
विमानस्थल स्रोतका अनुसार लुक्ला विमानस्थलमा वार्षिक सरदर एक लाखभन्दा बढी यात्रुले सेवा लिने गरेका छन् । जसमा सन् २०१६ मा सबैभन्दा बढी एक लाख १९ हजार आठ सय एक जना यात्रुले सेवा लिएका थिए । झन्डै ५१ वर्षको इतिहास बोकेको विमानस्थलमा वर्षमा सयौँ हवाइजहाज उडान र अवतरण गर्छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया