इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक
काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो ।
कम्पनीका अनुसार यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण छ । ई११०एलमा विभिन्न इण्डष्ट्री लिडीङ्ग उत्कृष्ट फिचरहरु समावेश गरिएको छ । साथै यसले प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । २४ सय वाटको अधिकतम मोटर पावर र ७२ भी २४ ए ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ । सेगवे–नाइनबोट ब्रान्ड दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागि एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गरी आएको छ । आई हव प्रा. लिमिटेड नेपालमा सेगवे–नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।
इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल अब नेपाली बजारमा उपलब्ध छ । सेगवेले नेपालीे बजारमा पहिलादेखि नै ई१०० र ई१२५को प्रवद्र्धन गर्दै आइरहेको छ । साथै उक्त मोडेलहरुले ग्राहकको मन जित्न सफल भइसकेको कम्पनीको दाबी छ । ग्राहकहरुको ब्राण्डप्रतिको यही अभिरुचिलाई ध्यानमा राखी सेगवेको विश्वबजारमा रहेको उच्चतम प्रविधिका साधनहरु नेपाली बजारमा ल्याउने क्रममा ई११०एल ग्राहकहरुमाझ प्रस्तुत गरेको हो । यसका साथै आई हब प्रालि बजार व्यवस्थापन, बिक्री सेवा तथा बिक्रीपश्चात्का सेवाहरुलाई थप सशक्त बनाउने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया