Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगणेशमान सिंह को शब्दचित्र संघर्ष नामक पुस्तक सार्वजनिक

गणेशमान सिंह को शब्दचित्र संघर्ष नामक पुस्तक सार्वजनिक


काठमाडौं । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको सङ्घर्ष’ उहाँकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उनको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उनकी कान्छी सुपुत्री डा. मीता सिंहले लेखिकी दुई सय ३१ पृष्ठको सो पुस्तक आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

पुस्तकमाथि प्रकाश पार्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्वप्रतिनिधि प्रा जयराज आचार्यले गणेशमान एक निष्ठावान् लौहपुरुष मात्र नभई एक बौद्धिक व्यक्तित्व तथा परिपक्व राजनीतिज्ञ पनि भएको बताए । कांग्रेसका लोकप्रिय नेता बिपी कोइरालाको देहावसानपछि पनि पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्दै गणेशमान सिंहले विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःस्थापनाका निम्ति पुर्याएको महत्वपूर्ण योगदानको उनले चर्चा गरेका थिए ।

रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सर्वोच्च नेता सिंह बाहिरबाट कठोर देखिए पनि भित्रबाट अत्यन्त कोमल तथा सहृदयी भएको बताए । नेता सिंहले प्रजातन्त्रवादी र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने कार्य गरेको नगरेको भए निरंकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्र प्रणालीको स्थापना असम्भव रहेको उनको भनाइ थियो ।

कार्यक्रममा समाजसेवी दुर्गा घिमिरेले डा सिंहद्वारा लिखित सो पुस्तकमा गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि आर्थिक क्रान्ति र समानताको मुद्दा उठाएको भन्दै पुस्तक अहिलेका युवा वर्गको निम्ति पठनीय तथा प्रेरणादायी हुने विचार व्यक्त गरिन ।

पुस्तकका लेखक डा सिंहले बुबा गणेशमान सिंहले गर्नुभएको त्याग, तपस्या र सङ्घर्षबारे आजको युवा पुस्तालाई जानकारी मिलोस् र त्यसबाट देश तथा समाजको निम्ति केही गर्ने प्रेरणा प्राप्त होस् भनी पुस्तक नेपालीमा अनुवाद गरिएको बताइन । उक्त पुस्तक गत वर्ष प्रकाशित डा सिंहद्वारा रचित ‘‘द स्ट्रगल अफ गणेशमान सिंह’’ को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद अन्विका गिरीले गरेको हुन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x