Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी२० शिखर सम्मेलनमा पुटिन नजाने

जी२० शिखर सम्मेलनमा पुटिन नजाने


मस्को । यही कात्तिक २९ र ३० गते इण्डोनेसियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।

सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका बेला राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समाचार सार्वजनिक हुनुलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यद्यपि जकार्ताले उक्त दबाबको प्रतिरोध गर्दै तटस्थ रहने मानसिकता प्रस्तुत गरेको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई समूहबाटै निष्कासन गर्न आह्वान गरेका थिए । इण्डोनेसियाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा अतिथिको रूपमा भाग लिन निम्तो दिएको छ । राष्ट्रपति जेलेन्स्कीले रूसी राष्ट्रपति शिखर बैठकमा सहभागी भएमा आफू सहभागी नहुने उद्घोष गरेको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । सीएनएनका अनुसार युक्रेनी नेताले शिखर बैठकमा भाग लिने अपेक्षा गरिएको छ ।

तीन देशले यो वर्ष सम्मेलनको मूल ‘अर्थतन्त्रलाई एकसाथ पुनः पुरानै अवस्थामा फर्काउने र पुनः सुदृढ तुल्याउने’ तय गरेका छन् । कोभिड–१९का कारण शिथिल भएको विश्वअर्थतन्त्रलाई पुनःचलायमान बनाउने उद्देश्यका साथ उक्त नारा निर्धारण गरिएको हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x