Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंयुक्त राष्ट्रसंघ र रूसबीच खाद्यान्न र मल निर्यातबारे आज बैठक हुँदै

संयुक्त राष्ट्रसंघ र रूसबीच खाद्यान्न र मल निर्यातबारे आज बैठक हुँदै


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौताअन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा शुक्रबार जेनेभामा रूसी अधिकारीहरूसँग वार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले भने, ‘यो छलफलले रूसी महासंघबाट विश्व बजारमा खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा गरिएको छ । यसैबीच, रूसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।

रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो । यद्यपि युक्रेनी अधिकारीहरूले आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको बताएका छन् । उनीहरूले रूसी घोषणाप्रति आशंका व्यक्त गरेका छन् । रूसी सैनिकले खेरसन छाड्ने कुनै संकेत नदेखाएको उनीहरूले बताए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x