Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यापुले सुरु ग-यो हजारमा बजार

ग्यापुले सुरु ग-यो हजारमा बजार


काठमाडौं । नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रूपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ ।

हजार रूपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरू धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सीईओ सुजनी केसीले जानकारी दिइन् । यो योजना शुक्रबारदेखि सुरु भई लामो समयसम्म चल्ने बताइएको छ ।

लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपालभरि नै घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामग्री डेलिभर गर्दै आइरहेको छ । ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत तीन हजार पाँच सयभन्दा बढी भेन्डर्स र दुर्ई लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x