४५औँ इफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान
काठमाडौं । एसियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन, इफाप्काको ४५औँ सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल माल्दिभ्सको राजधानी माले प्रस्थान गरेको छ ।
महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको ६४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार माले प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा महासंघका पूर्वअध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र अन्य निर्माण व्यवसायीहरू रहेका छन् । सम्मेलनको समाप्तीसँगै इफाप्का अध्यक्षको कार्यभार नेपालले सम्हाल्ने र ४६औँ सम्मेलन पनि अर्को वर्ष काठमाडौंमा हुने भएकाले माले सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको अध्यक्ष सिंहले बताए । ‘संरक्षणसहित निर्माण अझ सुन्दर विश्व बनाऔँ’ भन्ने नारासहित ४५औँ इफाप्का सम्मेलनपश्चात महासंघका अध्यक्ष सिंहले इफाप्का अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
त्यस्तै महासचिवको भूमिकामा महासंघका सल्लाहकार विरेन्द्र पाण्डे रहनेछन् । ४६औँ इफाप्का सम्मेलन अबको १२ देखि १८ महिनाभित्रमा ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित काठमाडौंमा आयोजना हुँदैछ । सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपाल निर्माण व्यवसायी महासंघसहित १९ राष्ट्रका निर्माण संगठनहरू आबद्ध छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया