फर्स्ट माइक्रोफाइनान्सको नाफा छ करोड ३७ लाख
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ९४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १० अर्ब ३६ करोड एक लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १२ करोड एक लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा निष्क्रिय कर्जा शून्य रहेको संस्थाको वितरणयोग्य नाफा भने दुई करोड ३४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ३९ करोड २१ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा छ करोड छ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया