समृद्धि फाइनान्सले मनायो २१औँ वार्षिकोत्सव
काठमाडौं । समृद्धि फाइनान्सले २१औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव मनाएको छ । २१औँ वार्षिकोत्सवको अवसरमा समृद्धि फाइनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भई कात्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे ।
कात्तिक २५ गते नेपाल हाउस रेष्टुरेन्टमा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा आयोजना भएको हो । संस्थाले २१औँ वार्षिकोत्सवको अवसरमालोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको छ । यसैगरी १० वर्षभन्दा पुरानो चार जना कर्मचारीहरूलाई दीर्घ सेवा पदकसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । आफ्नो सबै शाखाहरूको कर्मचारीहरूलाई दिएको लक्ष्य पूरा गर्ने १३ जना कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ साथै यस संस्थाका सबै शाखाको ऋणीहरूमध्ये १० जना उत्कृष्ट ऋणीहरूलाई सबै शाखाहरूमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको जानकारी संस्थाका कामु मुख्य व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी गराए ।
२१औँ वार्षिकोत्सवको अवसरमालोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ चारवटा खाताहरू सार्वजनिक गरिएको थियो । लोलाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, तीन महिने मुद्दती निक्षेपमा १३ दशमलव २० प्रतिशत रहेको खाता, कल खातामा चार दशमलव पाँच प्रतिशत ब्याज रहेको खाता र समृद्धि डबल धमाका, तेब्बर धमाका, पाँच गुणा र आठ गुणाको मुद्दती खाताहरू भएको लोभलाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया