सानिमा बैंकको नयाँ शाखा काठमाडौंको सितापाइलामा
काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबारबाट काठमाण्डौको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । बैंकका अनुसार उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्तरूपमा गरेका हुन् ।
उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्दै ग्राहकहरूले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया