Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र दराजबीच ११.११ अभियानको लागि सम्झौता

कुमारी बैंक र दराजबीच ११.११ अभियानको लागि सम्झौता


काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका अनुसार यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रूपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरूले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुनेछ । बैंकले आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९९ वटा शाखा सञ्जाल, एक सय ९५ वटा एटीएम, ५३ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x