आज पुनः १३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक २८ गते अर्थात् आज सोमबार पुनः १३ अर्ब ८५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक २१ गते पनि राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति कात्तिक २९ मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ मंसिर २७ गते, ९१ दिनेको २०७९ फागुन २ गते र एक सय ८२ दिने अवधिको २०८० जेठ २ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरु पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी
- मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ
- ‘उद्यमशीलता प्रवर्द्धनमा सहजीकरण गर्न सरकार तत्पर’
- उम्मेदवारी दर्ता नै नगरी भोट माग्न गाउँमा
- २१औँ हस्तकला व्यापार मेला हुने
- गण्डकीका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
- प्रम ओलीको चीन भ्रमण र बढ्दो व्यापार घाटा
- उपसभामुखमाथि पनि अनुसन्धान होस्
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया