Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक खातामा ५१ खर्ब ६४ अर्ब रुपैयाँ

बैंक खातामा ५१ खर्ब ६४ अर्ब रुपैयाँ

मुद्दती खातामा मात्रै ५८ दशमलव आठ प्रतिशत रकम


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ५१ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ६० वटा संस्थाहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४५ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंकहरु र फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम छ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप शून्य दशमलव नौ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप सात दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव सात प्रतिशत, २६ दशमलव पाँच प्रतिशत र ५८ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव नौ प्रतिशत, ३५ प्रतिशत र ४९ दशमलव दुई प्रतिशत रहेको थियो । २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ दशमलव दुई प्रतिशत रहेको छ । २०७८ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४० दशमलव पाँच प्रतिशत रहेको थियो ।

चालू आवको भदौ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा पाँच दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सात दशमलव पाँच प्रतिशतले बढेको छ । २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६५ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३४ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमव नौ प्रतिशत र ३६ दशमलव एक प्रतिशत रहेको थियो । चालू आवको पछिल्लो दुई महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको र विकास बैंकहरुको कर्जा प्रवाह एक दशमलव पाँच प्रतिशतले बढेको छ भने फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

No description available.

राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव दुई प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव पाँच प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव नौ प्रतिशत र १२ दशमलव दुई प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको दुई महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव चार प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा दुई दशमलव छ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह शून्य दशमलव सात प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव सात प्रतिशतले घटेको छ ।

यसैगरी बैंक तथा फाइनान्स कम्पनीहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा दुई दशमलव चार प्रतिशतले, ओभरड्राफ्ट कर्जा चार दशमलव चार प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा दुई दशमलव एक प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा एक दशमलव दुई प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) तीन दशमलव तीन प्रतिशतले र हायर पर्चेज कर्जा शून्य दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा सेयर धितो अर्थात् मार्जिन प्रकृति कर्जा पाँच दशमलव आठ प्रतिशतले घटेको छ । 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x