४७ करोड डलरको क्रिप्टो ह्याकबारे अनुसन्धान गर्दै एफटीएक्स
अमेरिका । क्रिप्टोकरेन्सीको विनिमय गर्ने कम्पनी एफटीएकसले सम्भावित करोडौँ डलर ह्याकबारे अनुसन्धान सुरु गरेको छ । शुक्रबार मात्र ऋणमा डुबेको कम्पनीले ४७ करोड १३ लाख अमेरिकी डलरको क्रिप्टो चोरिएको आशंकामा अनुसन्धान थालेको हो ।
कम्पनीले आफ्ना सबै क्रिप्टो सम्पत्ति अफलाइनमा राखेको शनिबार जनाएको छ । क्रिप्टो जोखिम व्यवस्थापन कम्पनी एलिप्टिकले ४० करोड डलरभन्दा बढीको क्रिप्टो हराएको बताएको छ ।
एफटीएक्सका जनरल काउन्सिल रायन मिलरले कम्पनीले सावधानीका कदम चालेको जनाएको छ । कम्पनीले आफ्ना सबै डिजिटल एसेट्सलाई इन्टरनेटबाट अलग गरेको उनले बताए । मिलरले एक ट्विटमार्फत यसबारे जानकारी गराएका हुन् । अनुसन्धानको क्रममा अनधिकृत कारोबारको खोजी गरिरहेको छ । थप विवरण पछि बताउने कम्पनीले उल्लेख गरेको छ । स्टेबल क्वाइन्स र अन्य हराएका टोकनलाई एथरमा रुपान्तरण गर्ने काम भइरहेको छ । एथर बिटक्वाइनपछिको दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो ।
क्रिप्टो उद्योगमा एफटीएक्स गत हप्तासम्म एउटा शक्तिशाली खेलाडी थियो । तर यो कम्पनी अहिले ऋणमा डुबेको छ । यसका ३० वर्षे संस्थापक तथा प्रमुख कार्यकारी साम बेंकम्यान फ्रायडले राजीनामा दिएका छन् भने एक हप्ताअघि १६ अर्ब डलरको सम्पत्ति रहेकामा अहिले शून्यमा झरेका छन् । टाट पल्टेपछि कम्पनीसँग १० अर्ब डलरदेखि ५० अर्ब डलरसम्मको अनुमानित दायित्व र पुँजी रहेको एफटीएक्सले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया