Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी२० सम्मेलन – बाइडेन–सी भेटवार्ता हुँदै

जी२० सम्मेलन – बाइडेन–सी भेटवार्ता हुँदै


जकार्ता । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवादको विन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताएका छन् ।

एएफपीका अनुसार सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन् । मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको बताएका छन् ।

तर यो शिखर सम्मेलन बेइजिङ र वासिङ्टनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताएका हुन् ।

इन्डोनेसियाको बाली टापुमा रहेको जी–ट्वन्टी सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गरेका उहाँले नोमपेनमा पत्रकारसँग भने, ‘म सी चिनफिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ ।’

बाइडेनले चीन र अमेरिकाबीच निकै थोरै मात्र मतभिन्नताहरू रहेको भन्दै रातो रेखा के हो भनेर खोज्ने अवसर पाएको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बाइडेन बाली उड्दै गर्दा पत्रकारहरूसँग बताएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश, दुई राष्ट्रपति र उनीहरूका टोलीले महत्वपूर्ण मुद्दाहरूमा सहयोगात्मक रूपमा काम गर्न सक्ने विषय यस बैठकबाट बाहिर आउने आशा गरेका छन् ।

उत्तर कोरियाले छिट्टै सातौं पटक आणविक परीक्षण गर्ने अपेक्षाबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि चिनियाँ राष्ट्रपति सीसँग आग्रह (दबाब) दिने अनुमान गरिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x