Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधा दर्जन लघुवित्त खुद नोक्सानीमा

आधा दर्जन लघुवित्त खुद नोक्सानीमा


काठमाडौं । सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ३४ वटा लघुवित्तले मात्र चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्रैमासिक सकिएको पहिलो महिनाको मसान्तसम्ममा सकिएको त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहे पनि चाडपर्वका कारण लामो विदा परेकाले लघुवित्तहरुले ढिला गरी वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले कमाएको छ भने ग्रामीण विकास लघुवित्त, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र युनिक लघुवित्तसहितका आधा दर्जन संस्थाहरु खुद नोक्सानीमा देखिएका छन् । सो अनुसार छिमेकले चालू आवको पहिलो त्रैमासिकमा ३२ करोड ९१ लाख आठ हजार चार सय ८५ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा छिमेकको यस्तो नाफा २१ करोड ४१ लाख पाँच हजार नौ सय ६३ रुपैयाँ रहेको थियो । बढी नाफा कमाउने दोस्रो ठूलो संस्था जीवन विकास लघुवित्त वित्तीय संस्थाले भने चालू आवको पहिलो त्रैमासिकमा १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा जीवन विकासको यस्तो नाफा १७ करोड ६६ लाख नौ हजार रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा पर्न सफल भएको आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पछिल्लो अवधिमा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा आरएमडीसीको यस्तो नाफा सात करोड छ लाख १८ हजार पाँच सय एक रुपैयाँ रहेको थियो । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा छ करोड ५७ लाख ९५ हजार दुई सय ९९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने यस्तो नाफा २० करोड ६७ लाख ७५ हजार एक सय ७४ रुपैयाँ रहेको थियो ।

यसैगरी फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पहिलो त्रैमासिकमा छ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फष्र्टको यस्तो नाफा तीन करोड ९४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिकमा पाँच करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको नेष्डोको यस्तो नाफा पाँच करोड सात लाख २८ हजार रुपैयाँ रहेको थियो । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले भने पछिल्लो अवधिमा दुई करोड ६७ लाख ४६ हजार सात सय २७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ग्लोबलको यस्तो नाफा छ करोड ३९ लाख आठ हजार चार सय रुपैयाँ रहेको थियो । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा तीन करो ८२ लाख ३१ हजार दुई सय ६२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा आरएसडीसीको यस्तो नाफा एक करोड ८९ लाख २८ हजार तीन सय ७८ रुपैयाँ रहेको थियो ।

निर्धन उत्थान, मिर्मिरे, समिट र आशा लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिकमा क्रमशः तीन करोड २५ लाख ५० हजार, दुई करोड ८२ लाख ६४ हजार, एक करोड ८५ लाख ४२ हजार र एक करोड ८६ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यसैगरी राष्ट्र उत्थान, गणपति, सिभिल, कालिका र महुली लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा क्रमशः ३८ लाख २३ हजार, ६८ लाख ९२ हजार, ७२ लाख ८३ हजार, एक करोड ३१ लाख ६७ हजार र ५८ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । मिथिला, आदर्श, सपोर्ट, समता घरेलु र नेरुडे लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा क्रमशः ४२ लाख ६३ हजार, तीन लाख ४९ हजार, चार लाख ५३ हजार, ४१ लाख ६२ हजार र एक करोड ७० लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

आरम्भ चौतारी, आँधिखोला, उपकार र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाहरुले भने क्रमशः ६६ लाख ४० हजार, १९ लाख ८९ हजार, ४२ लाख ९६ हजार र एक करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये ग्रामीण विकास, गुराँस, स्वाभिमान र युनिक लघुवित्त वित्तीय संस्थाले भने पछिल्लो अवधिमा क्रमशः एक करोड १८ लाख ३५ हजार, ६० लाख २२ हजार, ६७ लाख ८२ हजार र २२ लाख ७५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन् ।

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x