Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुबईमा लगानी र पर्यटन प्रवर्द्धनको पहल गर्दै नेपाली व्यवसायी

दुबईमा लगानी र पर्यटन प्रवर्द्धनको पहल गर्दै नेपाली व्यवसायी


काठमाडौं । नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका लागि समकक्षी व्यवसायीहरूसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष पवनकुमार अग्रवालको अध्यक्षतामा गएको १३ सदस्यीय भ्रमण टोलीले दुबई चेम्बर, -याक चेम्बर, नेपाली दूतावास दुबई तथा फेडरेसन अफ दुबई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग छलफल तथा अन्तरक्रिया गर्दै व्यापार र पर्यटन अभिवृद्धिका लागि पहल गरेको हो । नेपाल यूएई उद्योग वाणिज्य संघ गठन भएपछिको पहिलो दुबई भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासमा सकारात्मक परिणाम ल्याउने संघका अध्यक्ष पवनकुमार अग्रवालले बताए । आफूहरूको उद्देश्य द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नु र यूएईमा नेपाली व्यापार तथा पर्यटन प्रवर्द्धनका अवसरहरूको खोजी गर्नुका साथै नेपालमा यूएईको लगानी आकर्षित गर्नु रहेकोमा सफल भएको उनको भनाइ छ ।

‘हामीले नेपालमा व्यापारका अवसरहरूका बारेमा त्यहाँका व्यवसायीहरूलाई जानकारी गरायौँ, उहाँहरू सकारात्मक देखिनुभएको छ’, उनले भने, ‘नेपालमा कुनै पनि व्यापारिक लगानीका लागि सहयोगी संस्थाको रूपमा हाम्रो संघ तयार छ भनेर जानकारी दिएका छौँ र यसले दुबईको लगानी यहाँँ ल्याउन सहयोग पुग्नेछ ।’ संघले दुबई चेम्बर्समा उमर अब्दुल्लालिज अल खान नेतृत्वको टोलीसँग फलदायी भेट भएको जनाएको छ । उमरले दुबई चेम्बरले अन्य सरकारी संस्थासँग जोड्न र यूएईमा रहेका नेपाली कामदारको सीप विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । सो भेटघाटमा यूएईमा फलफूल तथा तरकारी निर्यात गर्ने सम्बन्धमा नियमावलीमा स्पष्टता दिन सहयोग गर्ने, जसले व्यापार बढाउने सहमति गरेको छ । भ्रमणका क्रममो संघले आरएके चेम्बरसँग विस्तृत व्यापारिक छलफल गरेको छ । जुन रास अल खैमाह र नेपालबीचको व्यापारिक सम्बन्ध बढाउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

आरएके चेम्बरले नेपाललाई मार्चमा हुने प्रदर्शनीमा नेपाली व्यवसायीलाई स्टल उपलब्ध गराउने भएको छ । उनीहरूले -याक र नेपालबीच व्यावसायिक उडान पुनः सुरु गर्न इच्छुक रहेको र कृषि अवसरमा निकै चासो देखाएका छन् । संघको प्रतिनिधिमण्डलले यूएईस्थित नेपाली दूतावासबीचको घनिष्ठ सहकार्यबाट नेपाल र यूएईबीचको व्यापार र व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । नेपाल यूएई चेम्बरले दुबईस्थित नेपाली राजदूतलाई नेपाल र युएईबीचको व्यापारिक सम्बन्ध बढाउन जिम्मेवार दूतावासमा समर्पित व्यक्ति उपलब्ध गराउन अनुरोध गरेको छ । दूतावासले हामीलाई उनीहरूको पूर्ण सहयोगको आश्वासन दिएको छ र छिटै यूएईमा आधारित व्यवसायहरू र हाम्रा सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

संघले फेडरेसन अफ यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग पनि छलफल गरेको थियो । फेडरेसनका महासचिव हमिद बीन सलेम र इकोनोमिक डेभलपमेन्ट निर्देशक अहमद जमाह अल गाइजीसँग भएको भेटमा दुवै देशहरूबीचको व्यापारिक सम्बन्ध बढाउनमा धेरै फलदायी छलफल भएको संघ अध्यक्ष अग्रवालले बताए । उनीहरूले उपलब्ध व्यावसायिक अवसरहरूको खोजी गर्न नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । चारदिने दुबई भ्रमणमा संघको तर्फबाट अध्यक्ष अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी तथा कार्यसमिति सदस्यहरू निशान राजभण्डारी, अनोज रिमाल र समिर थापा सहभागी थिए । यस्तै, भ्रमण टोलीमा संघका सदस्यहरू शिवप्रसाद घिमिरे, सुदीप घिमिरे, विमलकुमार सवार्थिया, रमिन्द्र न्यौपाने, अञ्जन भण्डारी, विनय उपाध्याय, विजयकुमार चौधरी र सुनिलभक्त श्रेष्ठ सहभागी थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x