लण्डनले गुमायो धेरै मूल्यवान युरोपेली सेयरबजारको स्थान
बेलायत । बेलायती सेयरबजारले युरोपको अत्यन्त मूल्यवान् सेयरबजारको स्थान गुमाएको छ । बेलायती अर्थतन्त्र खराब अवस्थामा गुज्रिएसँगै लण्डनले उक्त स्थान गुमाएको बीबीसीले जनाएको छ ।
उक्त स्थान अब फ्रान्सले दिएको छ । फ्रेन्च विलासी सामानको माग बढ्नथाल्दा र मुद्रा चलायमान हुँदा कम्पनीहरुको सेयर मूल्य ह्वात्तै बढेको छ । सन् २००३ मा रेकर्ड राख्न थालेयता पेरिसले लण्डनलाई ओभरट्र्याक गरेको यो पहिलोपटक भएको ब्लुमबर्गले जनाएको छ । महंगी बढेसँगै बेलायत यसै वर्ष मन्दीमा जानसक्ने देखिएको छ ।
बेलायती सेयरको कुल मूल्य अहिले २८ खर्ब २१ अर्ब अमेरिकी डलर वरिपरि रहेको छ भने फ्रान्सको कुल सेयर मूल्य २८ खर्ब २३ अर्ब अमेरिकी डलर रहेको ब्लुमबर्गले हिसाबकिताब निकालेको छ ।
मध्यमखालका कम्पनीहरु सूचीकृत भएको लण्डनको एफटीएसई २५० सेयर इन्डेक्स गत वर्षयता १७ प्रतिशतभन्दा धेरैले घटेको छ भने उपभोक्ता र व्यवसायले बढ्दो महंगी र उच्च ब्याजदरसामु संघर्ष गरिरहेका छन् । यसका बाबजुद ठूला कम्पनीहरु सूचीकृत एफटीएसई १०० इन्डेक्स भने स्थिर रहेको छ ।
ब्लुमबर्गका अनुसार फ्रान्सको विलासी सामान उत्पादकले देशको सीएसी ४० इन्डेक्सको कुल मूल्य बढाउन मद्दत गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया