बैतेश्वरमा १५ शय्याको सरकारी अस्पताल बन्ने
दोलखा, फागुन २२
दोलखाको बैतेश्वर गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतेश्वर गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सबैलाई स्वास्थ्यको पहुँच दिने उद्देश्यले एकैपटक सयौं जनाको उपचार गर्न मिल्ने सुविधासम्पन्न सरकारी अस्पताल निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।पालिकाभित्र सुविधासम्पन्न सरकारी अस्पताल नहुँदा सो ठाउँका बासिन्दाले निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गर्दै आएका छन् । अब पालिकामा बन्ने १५ शय्याको अस्पतालबाट निःशुल्क सुविधा पाउने अध्यक्ष लामाले आर्थिक दैनिकलाई जानकारी दिए । करिब ३५ हजार जनसंख्या रहेको यस पालिकामा यस्तो किसिमको अस्पताल हालसम्म छैन । पालिकामा सरकारी अस्पताल नहुँदा महगो शुक्ल तिरेर अन्यत्र उपचार गर्न जानुपर्ने बाध्यता हट्ने पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
नेपाल सरकारले दोलखाका दुई स्थानीय तह बैतेश्वर र बिगुलाई छनोट गरेर १५ शय्याका दुईवटा सुविधासम्पन्न सरकारी अस्पताल निर्माण गर्नेछ । बैतेश्वरले गाँउपालिकाले भने नयाँ बनाउने या मैनापोखरीमा दातृनिकायले बनाएको १५ शय्या क्षमताको हिमालयन केयर हेन्स अस्पताललाई स्तरोन्नति गरी परिवर्तित नाममा चलाउने भन्नेबारे गाउँ कार्यपालिकाका सदस्यबीचमा छलफल गरेर टुंगो लगाउने जनाएको छ ।
आठवटा वडा रहेको पालिकामा चालू वर्षमा प्रदेश सरकारको बजेटबाट अन्य दुई वटा वडा स्वास्थ्यचौकी भवन निर्माण हुने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको ३८÷३८ लाख रुपैयाँ बजेटमा गाउँपालिकाको वडा नम्बर २ गैरिमुदी र वडा नम्बर ७ को मार्बुमा स्वस्थ्य चौकी भवन निर्माण हुने प्रक्रियामा रहेको पालिकाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया