Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक कर्मचारीहरुबीचको ब्याडमिन्टन प्रतियोगिता

नेपाल बैंक कर्मचारीहरुबीचको ब्याडमिन्टन प्रतियोगिता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक यही कात्तिक ३० गते ८६औँ वर्षमा प्रवेश गर्दै छ । सोही अवसरमा आयोजित कर्मचारीमैत्री व्याडमिन्टन प्रतियोगिता मिति २०७९ कात्तिक २५ र २६ गते आयोजना भएको थियो ।

प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवं मनोज महर्जनको समूह प्रथम र महिला डबलतर्फ रुपा महर्जन एवं सविना थापाको समूह प्रथम भएको थियो । यस्तै, दोस्रो स्थानमा पुरुष सिंगलतर्फ ध्रुब दाहाल र महिला सिंगलतर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवं ध्रुव दाहालको समूह र महिला डबलतर्फ बन्दना शर्मा एवं विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए  । कार्यक्रमको संयोजन एवं व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

बैंकले देशभर दुई सय २२ वटा शाखाहरु, एक सय ९८ एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको छ । बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x