गुणस्तरहीन कम्पनीलाई औषधि आयातको अनुमति दिन महानिर्देशक भट्टराईको दबाब
काठमाडौं । नेपाली औषधि बजारको नियामक निकाय औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा औषधि आयात गर्न अनुमति पाएका कम्पनीहरुमा गरिएको अडिटमा गुणस्तरहीन पाउँदापाउँदै प्रतिवेदन सच्याउन दबाब दिएका छन् ।
नेपालमा औषधि बिक्रीका लागि दर्ता भई २७१ वटा विदेशी कम्पनीहरुले अनुमति मागे पनि ५८ विदेशी कम्पनीहरुको नाम सर्टलिस्टमा निकालेको विभागले कम्पनीको गुणस्तर परीक्षण (अडिट) गरेको थियो ।
विभागले नेपालमा औषधि आयातका लागि ५८ वटा विदेशी कम्पनीको डब्लुएचओ जीएमपी गाइडलाइन अडिटका लागि गत असार ६ मा स्वास्थ्य सचिवस्तरीय निर्णयबाटसम्बन्धीत औषधि कम्पनीको अडिटका लागि ४५ दिनको समयसीमा दिँदै अडिटर टोली परिचालन गरेको थियो ।
सो टोलीले एक दर्जनभन्दा बढी कम्पनीहरु गुणस्तरहीन रहेको रायसहितको प्रतिवेदन समयअगावै बुझाएपछि महानिर्देशक भट्टराईले सो प्रतिवेदन सच्याएर पेश गर्न निर्देशन दिएपछि अडिटरको टोली अख्तियार जाने तयारी गरेको हो ।
विभाग उच्च स्रोतका अनुसार दर्ता भएका २७१ वटा कम्पनीहरुमध्ये कतिपय गुणस्तरीय कम्पनीहरु रहे पनि महानिर्देशक भट्टराईले उनका सहयोगी एवम् विभागका सूचना अधिकारी समेत रहेका सन्तोष केसीको मिलेमतोमा आफूलाई आर्थिक सहयोग गर्ने आफ्ना अनुकूलका कम्पनीहरु सर्टलिस्टमा राखेर नाम प्रकाशित गरेका थिए ।
एक दर्जनभन्दा बढी मानवस्वास्थ्य प्रतिकूलका औषधि उत्पादन गर्ने कम्पनीलाई औषधि आयातको अनुमति दिन नहुने आशयको रिपोर्ट बुझाउने अडिटर टोलीलाई महानिर्देशक भट्टराईले आफ्नै कक्षमा बोलाएर जसरी पनि ती कम्पनीको प्रतिवेदन सच्याउन र कम्पनीको उत्पादन उच्च गुणस्तरको रहेको प्रतिवेदन आफैँले तयार गरी प्रतिवेदनमा हस्ताक्षर गर्न दबाब दिएकै कारण ४५ दिने कार्यादेशअनुरुप बुझाइएको प्रतिवेदन ९० दिन पुग्दा समेत सार्वजनिक नगरेको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक अडिटरले बताए ।
अडिटरहरुले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने औषधि गुणस्तरीय भन्न नसक्ने र महानिर्देशक भट्टराईको दबाब समेत आइरहँदा अख्तियारमा उजुरी दिने मानसिकता बनाएका हुन् । ‘यस्तै दबाब आइरह्यो भने अख्तियार गुहार्नुको विकल्प छैन’, एक अडिटरले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया