बुटवल, फागुन २२
सशस्त्र प्रहरीबल नेपाल नं. २७ गण भैरहवा रुपन्देहीले देवदह नगरपालिका– १ भलुहीमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मोबाइल सामग्री र स्टेसनरी सामान बरामद गरेको छ । गणका गणपति तथा सशस्त्र प्रहरीबल नेपाल भैरहवाका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले नं. २७ गण रुपन्देहीबाट खटिएको सप्रनिको टोलीले नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयमा बुझाएको बताए । सशस्त्रले बुझाएको उक्त सामानको मूल्य एक लाख ७० हजार सात सय ८० रुपैयाँ कायम भएको उपरीक्षक पोखरेलले जानकारी गराए ।
चालू आर्थिक वर्षको सात महिनामा अर्थात् माघ मसान्तसम्म ३५ लाख ५९ हजार सात सय ४७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको कार्यालयले अवैध सामान नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । उपरीक्षक पोखरेलले अवैध कारोबार गर्नेहरु मुख्य सडकलाई छोडेर भित्री सडकहरु प्रयोग गर्ने गरेको बताउँदै जानकारीमा आएजति सबै क्षेत्रहरु निगरानीमा राखिएको बताए । उनले अवैध सामान बरामदमा सशस्त्रको सक्रियता बढ्दै गएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया