Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुद्राक्ष पक्राउ प्रकरणमा अनुसन्धान, प्रमुख ओझा विवादित

रुद्राक्ष पक्राउ प्रकरणमा अनुसन्धान, प्रमुख ओझा विवादित


विराटनगर । सुनसरीको इटहरीमा रहेको राजस्व अनुसन्धान कार्यालयमा हाजिर हुन आइपुगेका कार्यालयप्रमुुख खेम ओझा रुद्राक्ष पक्राउ प्रकरणको विवादमा मुछिएका छन् । शंकास्पदरूपमा नेपालबाट तेस्रो मुुलुकतर्फ लैजान लागिएको रुद्राक्ष पक्राउ गरी एक हप्तासम्म नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयले आफूले अनुसन्धान नै नगरी राजस्व अनुसन्धान विभाग पठाएपछि कार्यालयप्रमुख ओझामाथि अक्षमताको बिल्ला लाग्न पुगेको छ ।

गत बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले बाग्मती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडीमा रहेको रुद्राक्षसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो । उक्त पिकअपमा एउटामा दुई हजार पाँच सय केजीका दरले पाँच हजार केजी रुद्राक्ष रहेको थियो । इटहरी राजस्वले मोक्ष रुद्राक्ष भण्डारले आफ्नै नाममा बिल काटेको भन्दै रुद्राक्ष नियन्त्रणमा लिएको थियो । प्रदेश एकको संखुवासभा जिल्लाबाट आएको उक्त पिकअपमा रुद्राक्षका क्रेता र बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियरिङ’मार्फत कार्यालयले नियन्त्रणमा लिएर पनि अनुसन्धान नै नगरी त्यसै राजस्व अनुसन्धान विभागमा पठाएपछि कार्यालय प्रमुख खेम ओझा नै शक्ति केन्द्रको दबाबमा परी पठाएको दाबी पनि राजस्व कार्यालय स्रोतले नै गरेको छ । स्रोतले भन्यो, ‘यो सामान्य अनुसन्धान पनि राजस्व अनुसन्धान कार्यालय इटहरीमै अनुसन्धान हुने विषय भए पनि प्रमुख ओझाले राजस्व अनुसन्धान विभाग काठमाडौं पठाएर आफूलाई इमान्दारिता मात्रै पुष्टि गर्न खोजेको रहस्य खुलेको हो ।’ अहिले राजस्व अनुसन्धान विभाग काठमाडौं पठाएपछि उक्त रुद्राक्ष छुटाउने विषयलाई लिएर ब्यापक चलखेल सुरु भएको छ ।

निर्वाचन आयोगले कुनै पनि सरुवा वा पदस्थापना समेत नगर्नु भनी दिएको निर्देशनविपरीत पुरानो मिति राखेर हतार–हतार असोज २६ गतेको मिति राखी कात्तिक ४ गते राजस्व अनुसन्धान कार्यालय सुनसरीमा हाजिर हुनआएका खेम ओझालाई अर्थमन्त्री जनार्दन शर्माको विशेष निगाहा रहेको छ । यसरी राजस्व अनुसन्धान कार्यालय सुनसरीमा हाजिर भएको एक महिना पनि नपुग्दै प्रमुख अनुसन्धान अधिकृत खेम ओझाको विवादास्पद कार्यशैलीले अनुसन्धान कार्यालय सुनसरी नै विवादमा तानिएको कुरा बताउन थालिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x