Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता


काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट समझौता भएको छ । यही कात्तिक २९ गते मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार क्यापिटलका सबै हितग्राहीहरूले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउट सोर्सिङ गरेको टेस्ट ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउन लोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ । समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरूमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ । काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेसनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरूसहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पुँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x