निजी क्षेत्रको तर्फबाट राष्ट्रिय व्यावसायिक पहल निर्वाचन पर्यवेक्षण गर्दै
काठमाडौं । निजी क्षेत्रको तर्फबाट राष्ट्रिय व्यावसायिक पहल निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । राष्ट्रिय व्यावसायिक पहलले २०७० सालको संविधानसभा निर्वाचनदेखि नै निरन्तररूपमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ। यस संस्थाले निर्वाचन आयोगबाट आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको छ । यसपटक पहलले देशका ६ वटा प्रदेशका २५ जिल्लामा एक सय २० जना पर्यवेक्षक परिचालन गरी निर्वाचन पर्यवेक्षण गर्न लागिरहेको छ ।
पहलले खटाएका पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम कात्तिक ३० गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । साथै पर्यवेक्षणका क्रममा आवागमन सहज पार्न खटाइएका पर्यवेक्षकहरूलाई संस्थाको परिचय खुल्ने खालको ज्याकेट तथा सवारीसाधनका लागि ब्यानर समेत उपलब्ध गराएको छ । पहलले निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा हामी पूर्ण विश्वस्त रहेन बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया