Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतार विश्वकप २०२२ का रंगशालाका रोचक पक्ष

कतार विश्वकप २०२२ का रंगशालाका रोचक पक्ष


कतार । विश्वकप फुटबल आउन अब केही दिन मात्र बाँकी छ । मंसिर ४ देखि सुरु हुने विश्वकपमा सहभागी हुन प्रतिस्पर्धामा सामेल हुने देशका टोलीहरु धमाधम कतार पुग्दै छन् । आयोजक कतार यसलाई सफलताका साथ सम्पन्न गर्न हरतरहले लागेको छ ।

खेल खेलाउन रंगशालाहरु तयारी अवस्थामा छन् । यिनैमध्ये एक फरकखालको रंगशाला पनि विश्वकपका लागि तम्तयार छ । त्यही फरकखाले रंगशाला हो– ‘स्टेडियम ९७४’ । कतारले यही विश्वकपका लागि यो रंगशाला बनाएको हो ।

No description available.

अस्थायी रंगशाला, सार्न मिल्ने : यो यस्तो रंगशाला हो जसलाई पछि पूर्णरुपले हटाउन सकिन्छ । यसलाई पूर्णरुपमा अलग्याएर फेरि अर्को ठाउँमा बनाउन सकिन्छ । त्यस्तै यसको अर्को विशेषता नाम पनि हो । अंक नै नाम भएकाले यो अरुभन्दा भिन्न छ । ९७४ त्यस्तो नाम हो जुन आयोजक कतारसँग जोडिएको छ । यो कतारको अन्तर्राष्ट्रिय डायलिङ कोड हो । यो नम्बरले अर्को विशेषता पनि झल्काउँछ । त्यो भनेको यो स्टेडियम बनाउन प्रयोग गरिएको कन्टेनरहरुको संख्या हो ।

विमानस्थलबाट नजिक : यसबाहेक विश्वकपको इतिहासमै यो रंगशाला आगमन हुने विमानस्थलको सबैभन्दा नजिक रहेको छ । हमाद इन्टरनेशनल एयरपोर्ट र दोहा पोर्टबाट यो केही मिनेटमात्रै टाढा छ । नजिक भएका कारण बिल्कुलै फरकखाले रंगशालामा विश्वकपको भिडन्त हेर्न आउनेले सहजै पुग्नसक्छन् ।

९७४ वटा कन्टेनरबाट निर्माण : इन्जिनियरिङको भाषामा भन्नुपर्दा यो रंगशाला बनाउन ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरिएका छन् । यसका नाम र डिजाइन सांकेतिक छन् । त्यसबाहेक पूर्णरुपले हटाउन सकिने विशेषतायुक्त छ । जसलाई वातावरणमैत्री र दिगो मानिएको छ । स्टेडियम डिजाइनको हिसाबले पनि यसलाई कोशेढुंगा मानिएको छ । यसले कतारको नवप्रवर्तन क्षमतालाई संकेत गरेको छ ।

अरेबियन खाडीको किनारादेखि दोहास्थित पश्चिम बंगालमा उभिएका गगनचुम्बी भवनको श्वास अड्याउने दृश्य यसबाट देख्न सकिन्छ । मेट्रो, दोहा मेट्रो गोल्ड लाइनबाट सहजै पुग्न सकिने यो केवल ८ सय मिटरमात्र टाढा छ । यसबाहेक कार र विश्वकपका शटलबसबाट पनि सहजै यहाँ पुग्न सकिन्छ ।

४० हजार दर्शक क्षमता : यो रंगशालाको क्षमता ४० हजार रहेको छ । यसमा दर्शकलाई सहजै बाहिरिनसक्ने गरी डिजाइन गरिएको छ । यसभित्र युनिक रंगरोगन गरिएका छन् भने धेरै टोलीका रंगले सजिएका छन् ।

नवीनतम प्रविधि, अत्याधुनिक सुविधा : स्टेडियमको डिजाइनमात्रै नयाँ छैन, यसभित्र नवीनतम प्रविधि पनि जडान गरिएको छ । फोटो खिच्नदेखि प्रत्यक्ष प्रसारण गर्नेसम्मको लागि नवीनतम प्रविधि र निश्चित प्लेटफर्मको व्यवस्था गरिएको छ ।

No description available.

यो स्टेडियमलाई ग्लोबल सस्टेनेबिलिटी असेसमेन्ट सिस्टम (जीएसएएस)ले दिगोपनाको प्रमाणपत्र दिएको छ । डिजाइन र निर्माणमा फाइभस्टार रेटिङ पाएको यो रंगशालाले निर्माण व्यवस्थापनमा क्याटेगोरी अफ एक्सिलेन्सी पाएको छ । जुन गल्फ अर्गनाइजेसन फर रिसर्च एन्ड डेभलपमेन्टले दिएको हो ।

विश्वकपसम्म मात्र आयु : एजेन्सीहरुका अनुसार यो रंगशालाको आयु यही विश्वकपसम्म मात्र छ । अन्तिम खेलसँगै विश्वकपसँगै यसलाई हटाइनेछ । यसका शिपिङ कन्टेनरहरु, सिट र अन्य पूर्वाधार सबै हटाइनेछ । ती सबै स्टेडियम नभएका देशलाई सहयोगस्वरुप हस्तान्तरण गरिनेछ । यसको लागि कतारले आयोजनाको प्रस्ताव गर्दा नै प्रतिबद्धता जनाएको थियो ।

जहाँ खेलाइनेछ ७ खेल : यो रंगशालाले आगामी विश्वकपको ७ खेललाई आतिथ्य दिनेछ । जुन ग्रुपस्टेजदेखि अन्तिम १६ सम्मका रहनेछन् । यो स्टेडियमले यसअघि अरब फिफा कप कतार २०२१ को दौडान खेलहरु खेलाएको थियो । जतिबेला दर्शकबाट यसको निकै प्रशंसा भएको थियो । एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x