Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’मा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’मा छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड एन्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेका’मा फुड एन्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्डको प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x