Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय १५ वर्षीय वृद्धद्वारा मतदान

एक सय १५ वर्षीय वृद्धद्वारा मतदान


मङ्गलबारे । इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् ।

फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति वि.सं. १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उनको जन्म भएको हो ।

यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन् । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन् ।

सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेतीलगायत १० किरियापुत्रीले मतदान गरेका हुन् । उनीहरूका बुबा देउताराम उप्रेतीको तीन दिनअघि निधन भएको थियो ।

इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी धर्मपत्नी तारा बरालले समेत स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरिन् । तुलसीका बुबा गायत्री बरालको चार दिनअघि निधन भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x