Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी व्यवसायीले गरे मतदान

उद्योगी व्यवसायीले गरे मतदान


काठमाडौँ । उद्योगी व्यवसायी अर्थात् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष एवम सदस्यहरुले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मताधिकारको प्रयोग गरी मतदान गरेका छन् । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एफएनसीसीआईका अध्यक्ष, उपाध्यक्ष, सदस्यहरुले आफ्नो मतदान केन्द्रमा गई मतदान गरेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानुनी जिम्मेवारी भएकाले सबैले आ–आफ्नो अधिकारको प्रयोग गर्न आग्रह गरेका थिए । ‘मुलुकलाई जसले अघि बढाउनसक्छ, जसले मुलुकमा समृद्धि ल्याउन सक्छ, जसले मुलुकलाई राम्रो दिशा दिनसक्छ, त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । कानुनी जिम्मेवारी पनि हो’, उनले भने, ‘संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनुहुँदैन ।’

उनले मुलुक परिवर्तन गर्नसक्ने नेतृत्व चयनका लागि सबै सहभागी भई मतदान गर्न आग्रह गरेका थिए ।

यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् । उनले काठमाडौं विशालनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपछि उनले यो चुनावले मुलुकमा नयाँ नेतृत्वका साथै स्थायित्व प्रदान गर्ने बताए ।

यस्तै, नेपाल उद्योग परिसंघ (परिसंघ)का अध्यक्ष तथा मोरङ अटो(एमएडब्लू) का अध्यक्ष विष्णु अग्रवालले काठमाडौं महानगरपालिका वडा नं १४ स्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान कार्यालयमा रहेको मतदान केन्द्रमा गई मतदान गरेका थिए । काठमाडौं क्षेत्र नं १ मा मतदान गर्दै अग्रवालले मुलुकको आर्थिक समृद्धि, औद्योगीकरण र आर्थिक वृद्धिका लागि मतदान गरेको बताए ।

अग्रवालले मुलुकको आर्थिक समृद्धि, औद्योगीकरण र आर्थिक वृद्धिका लागि मतदान गरेको बताए । मतदान गरेलगत्तै उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो भोट आर्थिक समुन्नति, औद्योगीकरण तथा दोस्रो चरणको आर्थिक सुधारबाट दोहोरो अंक वृद्धिको लागि हो ।’

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौंको गुह्येश्वरी मावि थापाथलीमा मतदान मतदान गरे । अहिले देशभर उद्योगी व्यवसायीसहित सबै पेसा व्यवसायमा लागेका आम नागरिकले मतदान गरिरहेका छन् । आइतबार एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गरिएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान भएको थियो । केही स्थानबाहेक मुलुकका अधिकांश स्थानमा सहज तरिकाले मतदान सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x