किसान लघुवित्तको नाफा चार करोड ३७ लाख रुपैयाँले ऋणात्मक
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ३७ लाख १० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड १९ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ४० करोड २५ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८६ करोड ४९ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड तीन लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ४३ लाख २४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २१ करोड २९ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३७ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड छ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया